अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय, सरकार अल्पमतमा

बिआरटीनेपाल २०७८ वैशाख २१ गते ७:५२ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मङ्गलवार (आज) बसेको स्थायी कमिटी बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधि सभा अधिवेशन आह्वान गरिसकेपछि आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

समर्थन फिर्ताको पत्र भोलि संसद् सचिवालयमा बुझाउने पनि प्रवक्ता श्रेष्ठको भनाई छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । यस्तै माओवादी केन्द्रको बैठकले प्रधानमन्त्रीको चाल खतरनाक हुन सक्ने भन्दै अरू दलहसँग छलफल गरेर आउँदा योजना बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू