अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३६ | Colorodo: 21:51

नेपालमा कोरोना सङ्क्रमणबाट थप ५५ जनाको ज्यान गयो, ७ हजार ६ सय ६० सङ्क्रमित थपिए

बिआरटीनेपाल २०७८ वैशाख २१ गते ७:४९ मा प्रकाशित

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ५५ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सात हजार ६ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि हुने र ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

१६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जना र ५ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

गएको २४ घण्टामा १ हजार ७ सय ७५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको छ । अहिले नेपालमा ५९ हजार ७ सय ९८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू