अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३० | Colorodo: 11:45

राष्ट्रपति विद्यादेवी भण्डारीबाट ७ वटा अध्यादेश जारी

बिआरटीनेपाल २०७८ वैशाख २१ गते ७:४८ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । आज जारी भएका अध्यादेशहरूमा यसअघि विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश रहेको छ ।

चौँथो नम्बरमा संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ समावेश गरिएको छ । यस्तै आज जारी भएका अरु अध्यादेशमा यौन हिंसा विरुद्धका केही ऐनलाइ संसोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संसोधन गर्ने अध्यादेश, २०७८ , औषधि (तेस्रो संसोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संसोधन) अध्यादेश २०७८ रहेका छन् ।

नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ( नियमन ) अध्यादेश २०७८ पनि राष्ट्रिपतिले जारी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू