अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४३ | Colorodo: 16:58

आईपीएलको आजको खेल स्थगित

बिआरटीनेपाल २०७८ वैशाख २० गते ८:४१ मा प्रकाशित

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आजका लागि तय भएको खेल स्थगित भएको छ । अहमदाबादमा हुने भनिएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीचको खेल खेलाडीलाई कोरोना संक्रमण भएपछि स्थगित भएको हो ।

कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि खेल स्थगित गर्ने निर्णय गरिएको हो । टोलीका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । दुई खेलाडी आफैँ आइसोलेशनमा बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू