अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२५ | Colorodo: 13:40

शेयर बजार १२ अङ्कभन्दा धेरैले घट्यो

बिआरटीनेपाल २०७८ वैशाख २० गते ८:३७ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से सोमवार (आज) १२ अङ्कभन्दा धेरैले घटेको छ । लघुवित्त र लगानीबाहेक अरू समूहको शेयर घटेपछि नेप्से १२ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६ सय ५२ दशमलव ७५ प्रतिशतमा झरेको हो ।आज बैंकिङ समूहको शेयर झण्डै १० अङ्कले, विकास बैंकको साढे ३३, व्यापारको १५, होटल तथा पर्यटनको १२, जलविद्युतको नौ, फाइनान्सको नौ, जीवन बीमाको ९१, निर्जीवन बीमा समूहको ८१, उत्पादनको ६५ र अन्य समूहको शेयर ३२ अङ्कले घटेको छ ।

आज दुई सय १६ कम्पनीका एक करोड ५९ लाख कित्ता शेयर सात अर्ब ५२ करोड ९२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको ३९ करोड रुपैयाँको शेयर कारोबार भयो । आज चार कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि विशाल बजार कम्पनी, महिला लघुवित्तसहित पाँच कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू