अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

टी – ट्वान्टीको वरीयतामा नेपालको एक स्थान सुधार

बिआरटीनेपाल २०७८ वैशाख २० गते ८:३० मा प्रकाशित

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी – ट्वान्टीको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले हिजो सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयताको टी – ट्वान्टीतर्फ नेपाल १३ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १४ औं स्थानमा रहेको थियो । घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी –ट्वान्टी सिरिजको उपाधि जितेपछि नेपालको वरीयता सुधार हुँदै आइरहेको हो ।

नेपालको टी – ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो । टी – ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् । चौंथो पाकिस्तान र पाँचौं अष्ट्रेलिया रहेको छ । नेपालले एकदिवसीय वरीयतामा समेत सुधार गरेको छ । एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । यस अघि १७ औं स्थानमा रहेको थियो ।

प्रतिक्रिया