अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

“नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व” – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७८ वैशाख २० गते ८:०८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीमा नागरिकको जीवन रक्षा सरकारको प्रमुख दायित्व रहेको बताउनुभएको छ । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उहाँले सरकार महामारीबाट जनताको जीवन जोगाउन लागिपरेको बताउनुभएको हो । हरेक नागरिकको जीवनरक्षा वर्तमान सरकारको पहिलो दायित्व रहेको उल्ल्ेख गर्दै उहाँले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउन नपोरोस् भन्नेमा सरकार संवेदनशील रहेको प्रष्ट पार्नुभयो ।

कोरोना महामारीबाट जनताको जीवन जोगाउनका लागि सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । हालसम्म कोरोनाबाट अनाहकमा ३ हजारभन्दा बढीले ज्यान गुमाएको’ प्रधानमन्त्रीको भनाइ थियो । उहाँले सबै नागरिकलाई खोप लगाउनका लागि सरकार लागिरहेको बताउनुभयो ।

हाल संक्रमण फैलिन नदिनका लागि विज्ञहरूको सुझावअनुसार नै निषेधाज्ञा लगाउनेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोकिएको, भारतसँगका नाका बन्द गरिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । यस्तै, महामारीविरुद्ध लड्न अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गरिने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीलाई मासिक तलबको ५० प्रतिशत भत्ताको व्यवस्था गरिने घोषणा समेत उहाँले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू