अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

सरकारले हटायो गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख

बिआरटीनेपाल २०७८ वैशाख २० गते ८:०६ मा प्रकाशित

सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को बैठकले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाउने निर्णय गरेको हो ।दुवै प्रदेशमा माओवादी निकटका प्रदेश प्रमुख थिए ।

प्रदेश प्रमुखका कारण गण्डकीमा एमाले सरकारले मनपरी गर्न नपाएको र सुदूरपश्चिममा माओवादीको सरकारलाई सजिलो बनाइदिएको सरकारका मन्त्रीहरूले बताउँदै आएका थिए । सरकारले अब गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गङ्गाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू