अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१२ | Colorodo: 00:27

म्यान्चेस्टर सिटी प्रिमियर लिग उपाधि नजिक

बिआरटीनेपाल २०७८ वैशाख १९ गते ८:०२ मा प्रकाशित

म्यानचेस्टर सिटी चार सिजनमा तेस्रो इंग्लिस प्रिमियर लिग उपाधिको नजिक पुगेको छ । गएराति भएको खेलमा क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको म्यानचेस्टर सिटी उपाधि नजिक पुगेको हो ।आज राति हुने खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी लिभरपुलसँग पराजित भएमा म्यानचेस्टर सिटीले चार खेल बाँकी हुँदै उपाधि पक्का गर्ने छ ।

गएराति अवे मैदानमा भएको खेलमा सिटीका लागि सर्जियो अग्युरो र टोरेसले गोल गरेका हुन् ।जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३४ खेलबाट ८० अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३३ खेलबाट ६७ अंक रहेको छ । गएराति नै राति भएका अन्य खेलमा चेल्सीले फुलह्यामलाई २–०, एस्टन भिल्लाले एभर्टनलाई २–१ तथा ब्राइटनले लीड्सलाई २–० ले पराजित गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू