अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 00:08

प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिने

बिआरटीनेपाल २०७८ वैशाख १९ गते ७:५२ मा प्रकाशित

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुहुने भएको छ । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा ओलीले विश्वासको मत लिनेबारे जानकारी गराएको एक मन्त्रीले जनाएका छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते निर्णय गर्दै नेकपा खारेज गरेपछि पूर्ववत फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुनः अस्तित्वमा ल्याएको थियो।

पछिल्लो समय नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेको छ भने नेपाली कांग्रेसलगायत दलहरूले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका छन्। यस्तो तयारीबीच प्रधानमन्त्री ओलीले विश्वासको मत लिने गृहकार्य गर्नुभएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू