अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३१ | Colorodo: 23:46

सरकार आफ्नो दायित्वबाट पन्छिन मिल्दैन – नेपाल चिकित्सक संघ

बिआरटीनेपाल २०७८ वैशाख १८ गते ७:५२ मा प्रकाशित

सरकारले अस्पतालमा राखेर कोरोना संक्रमितको उपचार गर्न नसकिने अवस्था आएको बताएपछि नेपाल चिकित्सक संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नागरिक स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको भएको हुँदा कोभिडको महामारीमा नेपाल सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने चिकित्सक संघको ठहर छ ।

संघका अध्यक्ष लोचन कार्की र महासचिव बद्री रिजालले जारी गरेको विज्ञप्तिमा, महामारीको सुरु अवस्थामा नै सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताइएको छ ।महामारीसँग जुध्न सीमित संख्यामा रहेका अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिडविरुद्धको खोप समयमा नै दिई सुरक्षित बनाई तदारुकताका साथ अगाडि बढनु शनिबारको आवश्यकता रहेको उनीहरुले बताएका छन् ।

संक्रमितको उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु स्वयम् नै संक्रमित हुँदै गइरहेको भन्दै संघले उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गरी महामारीको अन्त्यसम्म उपचार दिन सक्ने वातावरण तथा जनशक्तिको उचित ब्यवस्थापन गर्न पनि माग गरिएको छ । महामारीको रोकथाम तथा उपचारका लागि विगतमा झै आवश्यक सहयोग र सहकार्य गर्न आफूहरु तयार रहेको पनि संघले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू