अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

सरकारका दुई मन्त्रीलाई कोरोना संक्रमण, खानेपानी मन्त्री थापालाई पनि कोरोना पुष्टि

बिआरटीनेपाल २०७८ वैशाख १७ गते ९:१० मा प्रकाशित

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ । उहाँको पीसीआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई सङ्क्रमण भएपछि उहाँको बिहीवार स्वाब सङ्कलन गरिएको थियो । उनकी छोरीलाई चार दिनअघि सङ्क्रमण भएको थियो । मन्त्रीसहित सचिवालयमा काम गर्ने १० जनाको पिसिआर परीक्षण गर्दा कसैलाई सङ्क्रमण देखिएन । सङ्क्रमण पुष्टि भएपछि मन्त्री थापाले अहिले ललितपुरस्थित मन्त्री निवास पुल्चोक आराम गरिरहेको उहाँका स्वकीय सचिव गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार मन्त्री थापालाई अहिले सामान्य रुघाखोकी लागेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई सङ्क्रमण भएको थियो । मन्त्री रायमाझी सैनिक अस्पताल छाउनीमा उपचाररत् हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू