अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

कांग्रेस महाधिवेशन तोकिएकै समयमै हुने सभापति देउवाको दाबी

बिआरटीनेपाल २०७८ वैशाख १७ गते ८:३२ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने बताउनुभएको छ ।शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा गरिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै सभापति देउवाले संविधान अनुरूप पार्टी महाधिवेशन धकेल्न नमिल्ने भएकाले महाधिवेशन गर्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विकल्प केही छैन, नेपालको संविधान अनुसार कुनै पनि हालतमा हुनैपर्छ।’ सभापति देउवाले बैशाख १५ गतेको लागि तय भएको केन्द्रीय समितिको बैठक महामन्त्री शशांक कोइरालाको आग्रहमा स्थगित गरिएको बताउनुभयो । महामन्त्री कोइरालाले कोभिडको अवस्थाका कारण बैठक रोक्न आग्रह गरेपछि बैठक रोकिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू