अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

धौलागिरी बेसक्याम्प नजिकै हेलिकप्टरको अवशेष र २ शव फेला परे

बिआरटीनेपाल २०७८ वैशाख १७ गते ८:३१ मा प्रकाशित

सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टरको अवशेष धौलागिरी हिमालको बेसक्याम्प नजिकै भेटिएको छ । धौलागिरी बेस क्याम्पबाट एक किलोमिटरको दुरीमा एयर डायनेष्टीको नाइन एन एसीआर लेखिएको हेलिकप्टरको अवशेष भेटिएको हो । नेपाली हिमाल सफाइमा निस्केको सेनाको टोलीले हेलिकप्टर र दुई वटा शव फेला पारेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो । हेलिकप्टरभन्दा केही पर शव फेला परेको र ती शवको पहिचान भइनसकेको पौडेलको भनाइ छ ।

सेनासहित स्थानीय निकाय, संघ संस्था तथा स्थानीयको समन्वयमा सगरमाथा सहित ६ वटा हिमाल सफाइ भइरहेको पनि पौडेलले जानकारी दिनुभयो । अस्ति फेला परेको हेलिकप्टरको अवशेष र शवका विषयमा सेनाले आज जानकारी गराएको हो । १२ गतेबाट सुरु भएको सफाइ अभियान अन्तर्गत हिजो सम्ममा ५ हजार १ सय ५४ केजी फोहोर सङ्कलन भएको सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू