अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 19:28

स्वास्थ्य मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन पत्रकारलाई महासंघका अध्यक्ष पोखरेलको अनुरोध

बिआरटीनेपाल २०७८ वैशाख १७ गते ८:१४ मा प्रकाशित

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले स्वास्थ्य मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन पत्रकारहरूलाई अनुरोध गर्नुभएको छ । अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्र जस्तोसुकै समस्या र जोखिममा पनि खटिनुपर्ने क्षेत्र भएकाले महामारीको समयमा सबैले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । महामारीको समयमा कार्यस्थलमा खटिने पत्रकारहरूलाई कुनै पनि किसिमका समस्या भए महासंघको सम्पर्कमा आउन उहाँको अनुरोध गर्नुभएको छ ।

अध्यक्ष पोखरेलले कोरोनाको कारण देखाएर कुनै पनि श्रमजिवि पत्रकारलाई कामबाट निकाल्ने, पारिश्रमिक लगायत सेवा सुविधा नदिने जस्ता काम नगर्न सञ्चारगृहलाई आग्रह गर्नुभयो । महासंघले कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर कामगर्ने पत्रकारहरूको स्वास्थ्य सुरक्षा र सेवा सुविधा समयमै उपलब्ध गराई सहयोगी भूमिका निर्वाह गर्न सञ्चार गृहहरूलाई आग्रह गर्नुभयो ।

अध्यक्ष पोखरेलले कोभिड संक्रमण देखा परेका पत्रकारका लागि उपचार गराउनका लागि निश्चित अस्पतालको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो । उहाँले जोखिमको समयमा काम गरिरहेका पत्रकारहरूलाई कामबाट निकालिने , विस्थापित हुनुपर्ने अवस्था दोहरिन नदिन महासंघले काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू