अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 22:48

“कोरोनासँग लड्नु सबैको साझा दायित्व” – उपप्रधानमन्त्री पोखरेल

बिआरटीनेपाल २०७८ वैशाख १७ गते ८:१३ मा प्रकाशित

नेपाल सरकारका उपप्रधानमन्त्री तथा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएको बताउनुभएको छ । निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा र जीवन रक्षाको लागि भएकोले राजनीतिक उद्देश्यले नहेर्न उहाँले आग्रह गर्नुभएको छ । स्थानीय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो ।

अहिले जनता आफैं पनि सचेत र जिम्मेवार उहाँको भनाइ छ । उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएकाले व्यवस्थापनको काम सहज हुने बताउनुभयो । उहाँले कोरोना सङ्क्रमणको फैलँदो अवस्थाको चेन ब्रेक गर्न अहिले निषेधाज्ञा लागू गरिएको जानकारी दिनुभयो । कोरोनासँग लड्नु सबैको साझा दायित्व भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू