अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

“पार्टीसंग बहुमत नभएकोले नयाँ सरका बन्न सकेन”– सभापति देउवा

बिआरटीनेपाल २०७८ वैशाख १७ गते ८:१० मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीसँग बहुमत नभएकाले कांग्रेसको नेतृत्वमा सरकार बन्न नसकेको बताउनुभएको छ । शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा गरिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै सभापति देउवाले आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरे पनिसांसद संख्या नपुग्दा सरकार बन्न नसकेको बताउनुभयो ।

जसपाले साथ नदिँदा कांग्रेस र माओवादी केन्द्रको संख्याले मात्रै नपुग्ने उहाँको भनाइ छ । उहाँले नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेपनि संख्या नपुगिकन चाहेर चाहेरमात्रै नहुने बताउनुभयो । प्रधानमन्त्री हुन चाहान्छु भनेर मात्र नहुने र त्यसको लागि संख्या पुग्नुपने देउवाले स्मरण गराउनुभयो ।

जसपाले उता (प्रधानमन्त्री केपी शर्मा ओलीलाई) सहयोग गरेकोले पनि सरकार गठनमा कठिनाई उत्पन्न् भएको उहाको भनाई थियो । सभापति देउवाले एमसिसीबारे भ्रम फैलाइएकोमा असन्तुष्टि जनाउनुभयो । अमेरिकाले एमसिसी मार्फत सित्तैमा ठूलो सहयोग गरेको भए पनि अमेरिकी सेना आउँछ जस्ता अनेकन झुठा प्रचार गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू