अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

नेपालमा थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, ३३ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ वैशाख १७ गते ८:०९ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३ सय ९१ पीसीआर परीक्षणमा ५ हजार ६५७ जना र ५२ सय ५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५ हजार ७ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

कुल संक्रमितमध्ये ३८ हजार ८ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ३६ हजार १ सय ३५ जना होम आइसोलेसन र दुई हजार ६ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमितमध्ये ३ सय ३१ जना आईसीयूमा र १ सय १५ जना भेन्टिलेटरमा रहेका छन् ।

कोरोना भाइरस सङ्क्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या ३ हजार २ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या ९ सय २८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू