अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

कोरोना महामारी नियन्त्रणमा सरकार गम्भिर नबनेको काँग्रेसको आरोप

बिआरटीनेपाल २०७८ वैशाख १७ गते ८:०९ मा प्रकाशित

नेपाली काँग्रेसले सरकार कोरोना रोकथाम तथा नियनत्रणमा गम्भिर नभएको आरोप लगाउँदै ११ बुदे माग गरेको छ । आज सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै सरकारले कोभिड–१९ नियन्त्रणका लागि भरपर्दो काम नगरेको भन्दै आलोचना गर्नुभयो । साथै उहाँले ११ बुँदे माग सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

काँग्रेसले पर्याप्त अक्सिजन र भेन्टिलेटर आपूर्ति गर्न, उपचारका लागि आईसीयू शैया, औषधि र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न माग गरेको छ । यस्तै काँग्रेसले कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाइ परीक्षण गर्न, सीमा नाकामा गरिएको परीक्षणको नतिजा नआउन्जेल होल्डिङ सेन्टरमा राख्न, स्वास्थ्य जनशक्तिको बीमा र भत्ता तत्काल उपलब्ध गराउन माग राखेको छ ।

यस्तै, रिक्त रहेको प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था गर्न, खोप र स्वास्थ्य सामग्रीको आपूर्तिका लागि कुटनीतिक पहल गर्न, निषेधाज्ञामा किसानका कृषिउपज सामग्रीको आपूर्तिलाई सहज बनाउन, पीसीआर परीक्षण गर्ने अस्पतालको संख्या बढाउन पनि पत्रकार सम्मेलन मार्फत सभापति देउवाले माग गर्नुभएको छ । निषेधाज्ञाको मारमा परेकोहरूलाई राहत र सहयोगको कार्ययोजना ल्याउन र स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ लागू गर्न अनुमगमन संयन्त्र मजवुत बनाउन पनि काँग्रेसले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू