अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्मकै उच्च

बिआरटीनेपाल २०७८ वैशाख १६ गते ८:२६ मा प्रकाशित

नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप ३५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा २६ सहित थप ३५ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको हो । कोरोनाका कारण एकै दिन ३५ जनाको ज्यान गएको अहिलेसम्मकै धेरै हो ।

यसअघि गएको कात्तिक १९ गते कोरोनाका कारण एकै दिन ३० जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय ४६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणसँगै मृत्युदर पनि बढेको बताउनुभयो । अहिलेकै अवस्थालाई हेर्ने हो भने अझै सङ्क्रमणदर बढ्ने सम्भावना रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न÷गराउन उहाँको आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू