अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

टोकियो ओलम्पिक दर्शकविना नै आयोजना गरिने

बिआरटीनेपाल २०७८ वैशाख १६ गते ८:२१ मा प्रकाशित

टोकियो ओलम्पिक आउन करिब तीन महिनाको समय बाँकी रहेका बेला अझैपनि यो प्रतियोगिता कसरी सम्पन्न हुन्छ भन्ने ठूलो कौतुहल बाँकी नै छ। यस्तैमा ओलम्पिक आयोजकले विदेशी समर्थकलाई प्रतियोगिताका बेला प्रवेश नगराउने भनिसकेको छ भने खेलाडीलाई दैनिक रुपमा कोरोना परीक्षण गर्नुपर्ने बताइसकेको छ।

अब प्रतियोगिताका बेला घरेलु समर्थकलाई प्रतियोगिता स्थलमा प्रवेश गराउने कि नगराउने भन्ने विषय मुख्य एजेन्डा बनेको छ। ओलम्पिक आयोजकले अहिलेको अवस्थामा खेलहरु दर्शकविना नै गर्ने तयारी रहेको बताएका छन् । ओलम्पिक र पारा ओलम्पिकको प्ले बुक्समा अहिलेको अवस्थामा दर्शकविना नै खेल गर्ने तयारी रहेको बताइएको छ।

अहिले पनि सबै देशका लागि कोभिडको भ्याक्सिन सहज उपलब्ध नभएकाले अनिवार्य भ्याक्सिन लगाएको हुनुपर्ने भन्ने नियम लागु गर्न कठिन रहेको बताईएको छ । प्रतियोगिताका बेला खेलाडी र उनीहरुको क्लोज कन्ट्याक्टमा रहेका ब्यक्तिको हरेक दिन परीक्षण हुने भएको छ। अहिलेपनि जापानको टोकियोका केही स्थानमा साताको अन्तिममा घोषणा गरिएको आपतकाल मे ११ तारिखमा सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू