अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

गण्डकी प्रदेशका तीन सांसदमा कोरोना पुष्टि

बिआरटीनेपाल २०७८ वैशाख १५ गते ९:०४ मा प्रकाशित

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार तीन जना सांसदलाई कोरोना संक्रमण देखिएको हो ।

कोभिड पोजिटिभ देखिनेहरूमा एमालेका राजिव पहारी, कांग्रेसकी मनकुमारी गुरुङ र एमालेकी प्रभा कोइराला रहेका छन् । यस्तै प्रदेशसभाका दुई जना कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश सभाको मंगलबारको बैठक अवरुद्ध भएपछि सांसदहरुको कोरोना परीक्षण गरिएको थियो । बैठकमा एमाले सांसदहरुले परीक्षण नगरी संसद राखिएको भन्दै बैठक चल्न दिएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू