अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

मन्त्रीपरिषद्– मधेस आन्दोलन र थरुहट आन्दोलनका क्रममा मुद्दा लागेका १ सय २० जना विरुद्धका मुद्दा फिर्ता

बिआरटीनेपाल २०७८ वैशाख १५ गते ८:३३ मा प्रकाशित

सरकारले मधेस आन्दोलन र थरुहट आन्दोलनका क्रममा मुद्दा लागेका १ सय २० जना विरुद्धका मुद्दा फिर्ता लिएको छ । सरकारका प्रवक्ता एवं मन्त्री पार्वत गुरुङले विभिन्न १५ मुद्दामा १ सय २० जनाविरुद्ध मुद्दा लागेको र ती मुद्दाहरू फिर्ता गर्ने निर्णय भएको जानकारी दिनुभयो । सरकारले नेपाल सरकार वादी भई चलाएका मुद्दा फिर्ता लिने सम्बन्धि निर्देशिका, २०७७ अनुसार मुद्दा फिर्ता लिने निर्णय गरेको आज मन्त्री गुरुङले जानकारी दिनुभयो ।

जनता समाजवादी पार्टीले उठाउँदै आएका मागलाई सम्बोधन गर्ने क्रममा ती मुद्दा फिर्ता लिइएको र आगामी दिनमा पनि बाँकी मुद्दा फिर्ताको चरणमा रहेको उहाँले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले अरु मुद्दाहरू पनि क्रमशः कानुनी हिसाबले फिर्ता लिने क्रममा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू