अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

नेपालमा कोरोना संक्रमणको दर भारतमा भन्दा धेरै, दैनिक १ लाख ९३ हजार थपिने सम्भावना

बिआरटीनेपाल २०७८ वैशाख १५ गते ८:३१ मा प्रकाशित

नेपालमा कोरोना भाइरुस संक्रमणको दर भारतको भन्दा बढी रहेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी मृत्युको दर पनि नेपालमा बढेको छ । नेपालमा गत हप्ताको तुलनामा यो हप्ता २ सय २८ प्रतिशतले संक्रमण बढेको डा. अर्पणा श्रेष्ठले जानकारी दिनुभयो । यदि यसलाई नरोक्ने हो भने एक महिनाभित्रै दैनिक १ लाख ९३ हजार संक्रमित नेपालमा बढ्ने आँकलन गरिएको छ ।

यही गतिमा संक्रमण बढे दैनिक डेढ सयको संख्यामा नेपालमा कोरोनाबाट मृत्यु हुने दाबीसमेत गरिएको छ ।अहिले बढेको कोरोनाको दोस्रो लहरका कारण संक्रमितको २० प्रतिशत सम्मलाई अक्सिजन चाहिन सक्ने र केहीलाई भेन्टिलेटरमा रहनुपर्ने पनि बताइएको छ । संक्रमण कम गर्न मन्त्रालयले मास्कको प्रयोगसँगै सरसफाइमा समेत जोड दिइएको छ । प्रयोग गरेको मास्क ५ दिनसम्म छुट्टै राखेरमात्र सबै फोहरसँग मिसाउन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू