अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 22:50

अविश्वास प्रस्तावमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?–नेपाली कांग्रेस

बिआरटीनेपाल २०७८ वैशाख १५ गते ८:२७ मा प्रकाशित

गण्डकी प्रदेश सभामा जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई अस्पतालको ’आईसीयू’मा भर्ना गरिएको बारेमा प्रमुख प्रतिपक्ष कांग्रेसले कडा आपत्ति व्यक्त गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएको अवस्थामा एकदिन अघिसम्म स्वस्थ रहेका सांसद कसरी अस्पताल भर्ना भए भनेर प्रश्न गर्नुभएको छ ।

प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतविभाजनको कार्यसूची थियो । त्यसमा एकजना सदस्य पनि अनुपस्थित भए वा फ्लोर क्रस गरेको अवस्थामा प्रदेश सभाको अंकगणितमा फरक पर्ने अवस्था थियो । जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय लिएको थियो । यस्तो अवस्थामा उसका एक सांसद पोखराको चिरक अस्पतालको ’आईसीयू’मा भर्ना भएको बताइएको छ ।

कांग्रेस प्रवक्ता शर्माले अविश्वास प्रस्ताव आएपछि त्यसको सही ढंगले निरुपण गर्नुपर्नेमा सरकार गैरजिम्मेवार भएको बताउनुभएको छ । कोरोनाको बिरामी आईसीयू बेड नभएर छटपटिइरहेको अवस्थामा सांसद शाहीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ रहेपनि कसैलाई भेट्न नदिने गरी स्वास्थ्य अवस्था गम्भीर छ भनेर आइसीयूमा राखिएको शर्माले आरोप लगाउनुभयो । गण्डकी प्रदेश सभा सदस्यलाई आईसीयूमा राख्ने अस्पतालमाथि पनि प्रश्न गर्नुपर्ने शर्माको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू