अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

जापानमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो

बिआरटीनेपाल २०७८ वैशाख १४ गते ८:२५ मा प्रकाशित

जापान सरकारले तेस्रो पटक संकटकाल घोषणा गरेको दोस्रो दिन सोमबार सार्वजनिक गरेको तथ्यांकमा संक्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको ज्यान गएको छ ।त्यहाँ सङ्क्रमणको घोषणा गरेपछिको दोस्रो दिनमै अझै ठूलो संख्यामा मृत्यु भएको पाइएको हो ।

जापानमा अहिलेसम्ममा पाँच लाख ६६ हजार भन्दा बढी सङ्क्रमित भएको र त्यहाँका अधिकारीहरुले पछिल्ला केही हप्तामा जापानमा सङ्क्रमण हुने र मृत्यु हुने दर समेत बढिरहेको बताएका छन् । जापानको राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओसाका, क्योटो र ह्योगोमा प्रधानमन्त्री याशिहिदे सुगाले आइतबार संकटकालको घोषणा गर्नुभएको थियो ।

संकटकाल राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागु गरिएको छ । यहाँ कोरोना विरुद्धको खोप अभियान सुस्त भएको भन्दै सरकारको तीब्र आलोचना भैरहेकोे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू