अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

प्रिमियर लिग– लेष्टर सिटीद्वारा क्रिष्टल प्यालेस पराजित

बिआरटीनेपाल २०७८ वैशाख १४ गते ८:२३ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले क्रिष्टल प्यालेसलाई २–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा लेष्टरलाई विजयी गराउन टिमोथी कास्टाग्ने र केलेची इहिनाचोले एक एक गोल गरे । खेलमा पहिलो गोल भने प्यालेसका विल्फ्रेड जाहाले गरेका थिए । यो जितसँगै लेष्टर सिटीले अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बलियो पारेको छ ।

प्रिमियर लिगमा शिर्ष चार स्थानमा रहेन टोली च्याम्पियन्स लिगका लागि छनौट हुने प्रावधान छ । ३३ खेलबाट ६२ अंक जोडेको लेष्टर तालिकाको तेस्रो स्थानमा रहेको छ । चौथो स्थानको चेल्सीको ५८ अंक छ । ७७ अंकसहित म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ६७ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू