अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

आईसियू, भेन्टिलेटर र अक्सिजनको अभाव तत्काल व्यवस्था गर्न स्वास्थ्य समितिको आग्रह

बिआरटीनेपाल २०७८ वैशाख १४ गते ८:१८ मा प्रकाशित

संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना संक्रमितको संख्या बढेसँगै आइसियू, भेन्टिलेटर र अक्सिजनको अभाव भएको भन्दै त्यसको तत्काल व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराएको छ ।समितिको मंगलबार बसेको बैठकले सरकारलाई १९ बुदेँ सुझाव दिदै भारतसँग सिमा जोडिएका शहरहरुमा तत्काल दक्ष जनशक्ति पठाउन आग्रह गरेको छ ।

सांसद मीनबहादुर विश्वकर्माले कोरोना संक्रमण देखिएको १ बर्षसम्म पनि सरकारले किन अक्सिजन प्लान्ट थप गर्न नसकेको र विग्रिएका प्लान्टहरुको मर्मत निक नगरेको भन्दै आक्रोस व्यक्त गर्नुभएको थियो ।सांसद योगेश भट्टराईले महामारीको समयमा निजी अस्पताहरुलाई सरकारले आफनो मातहतमा ल्याउनु पर्ने र संक्रमण रोक्न प्रधानमन्त्रीले नै नेतृत्व लिनुपर्ने बताउनुभयो ।

छलफलमा सांसद गिरिराजमणी पोखरेल, खगराज अधिकारी , भैरववहादुर सिंह लगायतले स्वास्थ्य मन्त्रालयको तयारी सन्तुष्ट हुन सक्ने खालको नभएको भन्दै संक्रमण फैलावाट तत्काल रोक्नुपर्नेमा जोड दिएका थिए । बैठकमा मन्त्रालयका प्रमुख चिकित्सक डा. रोशन पोखरेलले नाकाहरुमा एन्टिजेन परीक्षण उल्लेख्य रुपमा बढाउन नसकिएको भन्दै नेपालजंगमा २ सय ५० जनाको उपचार गराउन त्यहाँको स्रोत र साधनले धान्न नसकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू