अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

महिला हिंसा न्युनीकरणमा गम्भिर हुन सरकारलाइ संसदीय समितिको निर्देशन

बिआरटीनेपाल २०७८ वैशाख १४ गते ८:१७ मा प्रकाशित

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले निषेधाज्ञाको समयमा महिला, बालबालिका, जेष्ठ नागरिक, फरक रुपले सवल तथा लैंगिक अल्पसंख्यकहरु माथि हुनसक्ने हिंसा नियन्त्रणका लागि पूर्वतयारी गर्न गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

साथै समितिले लिङ्ग, वर्गमैत्री क्वारेन्टाइनको प्रबन्ध समयमै मिलाउन पनि निर्देशन दिएको छ । समिति सभापति निरु देवी पालले कोभिड–१९ को दोस्रो लहर नियन्त्रण एवं रोकथामका लागि विभिन्न क्षेत्रमा गरिएका निषेधाज्ञा एवं बन्दाबन्दीको क्रममा विगतको अनुभवबाट शिक्षा ग्रहण गर्दै महिला, बालबालिका, जेष्ठ नागरिक, फरक रुपले सवल एवम् लैंगिक अल्पसंख्यकहरु माथि हुनसक्ने हिंसा न्यूनीकरणका लागि गम्भिर बन्न सरकारलाइ आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू