अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

बढी शूल्क नलिन नीजि प्रयोगशालाहरूलाइ स्वास्थ्य मन्त्रालयको निर्देशन

बिआरटीनेपाल २०७८ वैशाख १४ गते ८:१४ मा प्रकाशित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारले तोके भन्दा बढी शूल्क नलिन नीजि प्रयोगशालाहरूलाइ निर्देशन दिएको छ । पीसीआर परीक्षणका नाममा नीजि प्रयोगशालाहरूले थप रकम असुल्ने गरेको गुनासो मन्त्रालयसम्म पुगेपछि मन्त्रालयले त्यस्ता प्रयोगशालालाई तोकिए भन्दा बढी शुल्क नलिन चेतावनी दिएको हो । सरकारले कोरोना सङ्क्रमण पहिचान गर्न पीसीआर परीक्षण गर्दा सरकारी अस्पतालमा एक हजार र निजी अस्पतालमा दुई हजार रुपैयाँ शुल्क तोकेको छ ।

तर, कतिपय अस्पताल तथा प्रयोगशालाले सङ्क्रमण रोकथाम लगायतको बहानामा थप शुल्क लिने गरेको गुनासो आएको भन्दै मन्त्रालयले तोकिएको भन्दा बढी शुल्क नलिन सार्वजनिक सुचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज पीसीआरको शुल्क सम्वन्धमा सार्वजनिक सूचना जारी गर्दै यदि कसैले तोकिएको भन्दा बढी शुल्क लिएमा पीसीआर परीक्षणको सूची बाटै हटाइने चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू