अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

नेपालमा थप ४ हजार ५ सय २४ जनामा कोरोना सङ्क्रमण, थप १८ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ वैशाख १४ गते ८:१३ मा प्रकाशित

नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप १८ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १२ जनासहित थप १८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १ सय ९४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३ सय ६४ र १ हजार ९ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ६० जना गरी कुल ४ हजार ५ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ ।

यस्तै थप ५ सय ५५ जना निको भएसँगै निको हुनेको सङ्ख्या २ लाख ७८ हजार ५ सय ६ जना पुगेको छ । अहिले नेपालमा २६ हजार २ सय २५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू