अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

सत्तापक्षकै सांसद्को अवरोधपछि गण्डकी प्रदेश सभा बैठक स्थगित, अविश्वासको प्रस्ताव उपर बुधबार मतदान हुने

बिआरटीनेपाल २०७८ वैशाख १४ गते ८:११ मा प्रकाशित

गण्डकी प्रदेश सभाको मङ्गलवार (आज) को बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ । बैठकको सुरुमा नै नेकपा एमालेका सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह अवस्था हुँदा सभासद्को पीसीआर परीक्षण नभइ बैठक सञ्चालन गर्न नहुने माग गर्नुभएको थियो । अवरोधपछि २० मिनेटका लागि स्थगित प्रदेश सभाको बैठक भोली बस्ने छ ।

बैठक सञ्चालन सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको बैठमा छलफल भएको थियो । सांसद्को पीसीआर परीक्षणको माग गर्दै अवरुद्ध गण्डकी प्रदेशसभाको बैठक सवै सांसद्को परीक्षणपछि सुचारु गर्ने सहमति भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबै सांसद्को मंगलबारनै स्वाब संकलन गरी परीक्षण गरिने सहमति जुटेको हो ।

परीक्षणपछि कोरोना पोजेटिभ देखिएका सांसदले बुधबार हुने मतदानमा भाग लिन पाउने भए पनि बोल्न भने दिइने छैन । संसद् बैठक बुधबार दिउँसो १ बजेलाई बोलाइएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो । प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आइतवार मात्रै अविश्वासको प्रस्ताव टेबुल भएको थियो भने आज त्यही विषयमा छलफल हुने कार्यसूची थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू