अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

कार्यकर्ताको भावना र आवश्यकतालाई सम्बोधन नगर्दा कर्णालीमा फ्लोरक्रस भयो– नेता नेपाल

बिआरटीनेपाल २०७८ वैशाख १३ गते ८:५६ मा प्रकाशित

नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेता कार्यकर्ताको भावना र आवश्यकतालाई केपी ओलीले सम्बोधन नगर्दा कर्णालीमा फ्लोरक्रस भएको बताउनुभएको छ । नेतृत्वमा रहनेले नेता कार्यकर्ताको भावना, आवश्यकतालाई सुन्नै नचाहाने बुझ्नै नखोज्ने दम्भले झन् झन् संकट आइपरेको नेता नेपालको भनाइ छ । भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले केपी ओलीले दम्भ र अहंकार छोड्नुपर्ने बताउनुभयो । उहाँले पछिल्ला प्रत्येक दिनहरूमा आउने ओलीको अभिव्यक्तिमा दम्भ मिसिएकाले यसले थप समस्या मात्र निम्त्याउने तर्क गर्नुभयो ।

ह्वीप उल्लंघन गर्नेहरूलाई गरिएको कारबाहीबारे स्पस्ट पार्दै नेता नेपालले प्राविधिक पक्षबाट ठिक जस्तो देखिए पनि समस्याको गहिराइमा नपुगेसम्म यस्ता निर्णयले थप संकट मात्रै पैदा हुने बताउनुभयो । नेता कार्यकर्ता असन्तुष्ट छन् भन्ने घण्टी कर्णालीबाट बजेकाले लोकतन्त्रमा दम्भ अहंकारले कुनै निकास नदिने उहाँको भनाइ छ । उहाँले केपी ओलीलाई सच्चिनको लागि आग्रह गर्नुभएको छ ।

२०७५ जेठ २ गतेको अवस्थामा केपी शर्मा ओली फर्किए पार्टी थप बलियो बन्ने र एकता मजबुत हुने नेता नेपालको भनाइ छ । आफूहरुले कुनै पनि पार्टी नखोलेको र नेता कार्यकर्तालाई नेकपा एमालेबाट बाहिर जान नदिने उहाँको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू