अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारजना सांसद पदमुक्त

बिआरटीनेपाल २०७८ वैशाख १३ गते ८:४० मा प्रकाशित

एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारजना सांसद पदमुक्त भएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराउनुभएको हो । पार्टीको ह्विप  विपरीत फ्लोर क्रस गरेका सांसदहरु सल्यान प्रदेशसभा ख बाट निर्वा चित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा क बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा कबाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं १ ख बाट निर्वाचित अमरबहादुर थापा पदमुक्त भएका हुन् ।

चारै जनाले बैशाख ३ गते पार्टीको ह्विप विपरीत कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । हाल थापा प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री, शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनुहुन्छ । सांसदहरु पदमुक्त भएसँगै ४० सदस्यीय कर्णाली प्रदेश सभा सांसदको संख्या ३५ मा झरेको छ । कर्णाली प्रदेशमा सभामुखसहित एमालेका १६, माओवादीका १२, काँग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू