अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

नेप्सेमा उच्च अंकको गिरावट

बिआरटीनेपाल २०७८ वैशाख १३ गते ८:३९ मा प्रकाशित

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । आइतबार पनि उच्च अङ्कले नै ओर्लेको नेप्से परिसूचक ६५.५८ विन्दुले घटेर दुई हजार ५०६.६१ मा सीमित भएको छ ।यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.२५ विन्दुले घटेर ४५२.७९ मा झरेको छ । कूल २२० कम्पनीको एक करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर छ अर्ब ५९ करोड नौ लाख २८ हजार २०२ मूल्यमा खरीद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरणमा समेत गिरावट भई ३४ खर्ब ७० अर्ब ९२ करोड दुई लाख ७० हजारमा सीमित भएको छ ।

कारोबार भएका १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । बैंकिङ ४०.७३, व्यापार १२७.३५, होटेल तथा पर्यटन ७१.४३, जलविद्युत् ९९.४४, वित्त २७.७७, निर्जीवन बीमा ३८४.५३, उत्पादन ९५.५५, अन्य ५४.०४, लघुवित्त ११२.३४, जीवन बीमा ३५९.१८, सामूहिक लगानी कोष ०.११ र लगानी २.७५ विन्दुले घटेको छ । कारोबारका आधारमा आज माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ७४ लाख ५९ हजार ९३३ बराबरको कारोबार भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू