अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

इन्डोनेसिया जहाज दुर्घटना अपडेट – बेपत्ता भएको पन्डुब्बीका ५३ जना मृत फेला

बिआरटीनेपाल २०७८ वैशाख १३ गते ८:३७ मा प्रकाशित

इन्डोनेसियामा हराएको पन्डुब्बी जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको सेनाले जनाएको छ । आइतबार हराएको पन्डुब्बीमा सवार ५३ जना चालक दलका सदस्यको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ ।

उद्दारकर्ताहरुले क्षतिग्रस्त भएको जहाजका भग्नावशेशहरु संकलन भइरहेको बताएका छन् । आइतबार बिहानै सुराबायामाबाट सो जहाज सम्पर्कविहीन भएको अधिकारीहरुले जनाएका छन् ।

यता राष्ट्रपति जोको विडोदोले घटनाप्रति शोक व्यक्त गर्नुभएको छ । उहाँले घटनाको वास्त्विकता छानविन गर्न पनि निर्देशन दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । इन्डोनेसियामा ५ वटा पन्डुब्बी रहेका छन् ।

AppleMark

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू