अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

गण्डकी प्रदेशमा मुख्यमन्त्री विरुद्ध भोलि मतदान हुने

बिआरटीनेपाल २०७८ वैशाख १३ गते ८:२७ मा प्रकाशित

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मंगलबार (भोलि) मतदान हुने भएको छ। यही वैशाख २ गते गुरुङविरुद्ध दर्ता भएको अवविश्वास प्रस्ताव सोमबार सदनमा पेश भइ छलफल सुरु भएको छ । प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललगायत केही सांसदले छलफलमा भाग लिएपछि प्रदेशसभा बैठक मंगलबार दिउँसो १२ः१५ सम्मका लागि स्थगित भएको छ।

मंगलबार थप केही सांसदले प्रस्तावमाथि आफ्नो धारणा राख्ने र मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि अविश्वास प्रस्तावमाथि मतदान सुरु हुनेछ । गुरुङविरुद्ध यही वैशाख २ गते कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका २८ जना सांसदले विशेष अधिवेशन माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।

छलफलमा भाग लिँदै पोखरेलले साढे तीन वर्ष हुँदा पनि एमाले नेतृत्वको प्रदेश सरकारले उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले जनताका समस्या समाधान गर्न सरकार उदासिन रहेकाले नयाँ सरकारको निर्माणको प्रक्रिया थाल्नु परेको उल्लेख गर्नुभएको छ ।

गण्डकी प्रदेशको प्रदेशसभा ६० सदस्यीय भएकाले सरकार फेर्न ३१ मत आवश्यक पर्छ । अविश्वास प्रस्तावमा २८ जना सांसदले हस्ताक्षर गरिसकेकाले पारित हुने प्रबल संभावना छ। यदि अविश्वास प्रस्ताव पारित भएमा कांग्रेस नेतृत्वमा पहिलोपटक प्रदेश सरकार गठन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू