अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, कोभिड संकटबारे महत्वपूर्ण निर्णय लिनसक्ने

बिआरटीनेपाल २०७८ वैशाख १३ गते ८:१९ मा प्रकाशित

बढ्दै गएको कोरोना संक्रमण नियन्त्रणका उपाय लगायत विषयमा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साझ मन्त्रिपरिषद् बैठक शुरू भएको हो ।

नियमित बैठक भएपनि सोमवारको मन्त्रिपरिषद् बैठकले कोभिड नियन्त्रण सम्बन्धमा केही महत्वपूर्ण निर्णय लिनसक्ने एक मन्त्रीले जानकारी दिएका छन् । राजधानी काठमाडौं उपत्यकाका तीन जिल्लाका सीडीओले वैशाख १६ गतेदेखि एक साताको लागि निषेधाज्ञा लगाउन गरेको सिफारिश बारे मन्त्रिपरिषद्मा छलफल हुने स्रोतले बताएको छ ।

यसअघि कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले ५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन सिफारिश गरेको थियो । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको संख्या ५ सय भन्दा बढी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू