अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

कोरोनाका ५ सय बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञाको तयारी

बिआरटीनेपाल २०७८ वैशाख १२ गते ८:४१ मा प्रकाशित

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञाको तयारी गरेको छ । व्यवस्थापन केन्द्रको बैठक बसेर यस्तो निष्कर्ष निकालेको परराष्ट्र मन्त्री तथा सीसीएमसीका सदस्य प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार ५ सय बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा जारी गर्न भनिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म ९ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । ती जिल्लामा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रुपन्देही रहेका छन् । बाँकेमा भोलिदेखि एकसातासम्म निषेधाज्ञाको घोषणा गरिएको छ भने रुपन्देहीमा भोलिदेखि नै लागु हुने गरी जोरबिजोर प्रणाली लागु गरिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू