अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२१ | Colorodo: 23:36

भारतको दिल्लीमा लकडाउनको समय लम्ब्याइयो

बिआरटीनेपाल २०७८ वैशाख १२ गते ८:३१ मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना महामारीका भयावह बन्दै गएपछि लकडाउनको समय लम्ब्याईएको छ । भारतमा थप एक साताका लागि लकडाउन बढाइएको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अर्को एक साताका लागि लकडाउन बढाइएको घोषणा गर्नुभएको हो ।

कोरोनाको सङ्क्रमणको साङ्लो तोडन भन्दै दिल्ली सरकारले अघिल्लो सोमबार एक साताका लाागि लकडाउन लागू गरेको थियो । तर, सङ्क्रमणमा अपेक्षाकृत ढंगले कमी नआए पछि भोली बिहानसम्मको पहिलो लकडाउन सकिनु अघिल्लो दिन नै केजरीवालले ३ मे को बिहान पाँच बजेसम्मका लागि लकडाउन बढाउने घोषणा गर्नुभएको हो ।

अन्य राज्यहरुको तुलनामा दिल्लिमा सङ्क्रमण दर उच्च रहेको छ । सङ्क्रमण बढेसँगै अस्पतालहरुमा बेड र अक्सिजनको अभाव देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू