अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

इराकको कोरोना अस्पतालमा आगलागी, ८२ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ वैशाख १२ गते ८:३० मा प्रकाशित

इराकको राजधानी बग्दादस्थित इबन अल खातिभ अस्ततालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा कम्तीमा ८२ जना बिरामीको मृत्यु भएको छ । आगलागीमा परी १ सय जनाभन्दा बढी घाईते भएका छन् । स्वास्थ्य अधिकारीहरुका अनुसार अक्सिजन सिलिन्डर विस्फोट भएपछि आगो लागेको थियो । अग्निनियन्त्रणको व्यवस्था नभएकाले अस्पतालभित्रका प्रज्ज्वलनशील अरु सामानहरुमा तत्कालै आगो सल्किएको जनाईएको छ ।

दशकौंदेखिको द्वन्द्व र थोरै लगानीका कारण इराकी अस्पतालहरुको अवस्था अत्यन्त दयनीय छ । अस्पतालहरुमा औषधि र शैयाकोे पनि अभाव रहेको बिबिसीले जनाएको छ । उक्त दुर्घटना लगत्तै सामाजिक सञ्जालमा तीव्र आक्रोश व्यक्त भएको छ । प्रधानमन्त्रीले आगलागीको अनुसन्धान गर्न आदेश दिएका छन् । आगलागी हुँदा उक्त अस्पतालमा कोभिड १९ का ३० जना गम्भिर बिरामी राखिएको थियो।

अस्पतालबाट १२० जना बिरामी र उनीहरुका आफन्तमध्ये ९० जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको छ । तर कम्तीमा ५० जनालाई आगोले पोलेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू