अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

ओलीले सुलीमा चढाए पनि एमाले छाड्दैनौँ – नेता गोकर्ण बिस्ट

बिआरटीनेपाल २०७८ वैशाख ११ गते ८:२१ मा प्रकाशित

नेकपा एमालेको झलनाथ खनाल – माधव नेपाल पक्षका स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले एमाले पार्टी नछाड्ने बताउनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाहीको नाममा आफ्नो समूहलाई सुली मै चढाए पनि एमाले पार्टी नछाड्ने उहाँले स्पष्ट पार्नुभयो ।

शनिवार गृहजिल्ला गुल्मीको भुवाचिदीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै बिष्टले सत्ता– शक्तिकी अहंकारमा ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई नै सिध्याउने गरि अगाडि बढेको आरोप लगाउनुभएको छ ।। ओलीले पार्टीको विधि र पद्धति उल्लंघन गर्दै कारबाही नाममा स्वेच्छाचारी व्यवहार देखाएको विष्टको आरोप छ । त्यसबाट विचलित नभई संघर्ष गर्ने र सुलीमै चढाए पनि आफूहरुले पार्टी नछाड्ने उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले पार्टी एकताको पुरै झ्याल–ढोका बन्द गरेको भएपनि बन्द ढोकाको बलेनी मै बसेरै भए पनि पार्टी एकताका लागि लडिरहने जिकिर गर्नुभयो । । महाभारत कालमा सन्की शासकले रामलाई १४ वर्ष वनवास पठाएको उल्लेख गर्दै सत्यको जित हासिल गर्न रामलाई १४ वर्ष लागे झै आफूहरुलाई पनि सत्यको जित हासिल गर्न केही समय लाग्ने बिष्टको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू