अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

खाली सिलिन्डर भरेर राख्न उपभोक्तालाई अनुरोध

बिआरटीनेपाल २०७८ वैशाख ११ गते ८:१९ मा प्रकाशित

नेपाल एलपि ग्यास उद्योग संघले खाना पकाउने ग्यासको खाली सिलिन्डर भरेर राख्न उपभोक्तालाई अनुरोध गरेको छ। कोरोना संक्रमण बढ्दै गएकोले आपूर्ति प्रभावित हुन सक्ने भन्दै संघले खालि ग्यासका सिलिन्डर तत्काल भरेर भण्डारण गर्न अनुरोध गरेको हो।

गत सालको लकडाउनमा पनि सबै उपभोक्तालाई ग्यासको अभाव हुन नदिएको स्मरण गर्दै संघले अहिले पनि ग्यासको अभाव हुन नदिन संघ लागिपरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू