अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

भारतको उत्तराखण्डमा हिमताल फुट्दा कम्तीमा आठ जनाको ज्यान गयो, तीन सय ८४ जनाको उद्धार

बिआरटीनेपाल २०७८ वैशाख ११ गते ८:१७ मा प्रकाशित

भारतमा हिमताल फुट्दा कम्तीका आठ जनाको ज्यान गएको छ । उत्तराखण्डको चमोलीमा हिजो दिउँसो हिमताल फुट्दा तल्लो क्षेत्रमा बाढी आएको थियो ।

बाढीपछि बोर्डर रोड्स अर्गनाइजेशन (बिआरओ) मा कार्यरत आठ जनाको शव भेटिएको र तीन सय ८४ जनाको उद्धार गरेको भारतीय सेनालाई उदृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ । चमोली जिल्लाको निती उपत्यका नजिकै रहेको सुम्ना क्षेत्रमा हिमताल फुटेको हो । त्यस क्षेत्रमा गएको पाँच दिनदेखि अत्याधिक वर्षा र हिमपात भइरहेकोले उद्धारमा कठिनाइ भएको सेनाले जनाएको छ ।

उद्धारको काम भइरहेको र ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने खबरमा उल्लेख छ । हिमताल फुटेर गएको बाढी तथा पहिरोका कारण त्यहाँको सडक बन्द भएको भारतीय सेनाले जनाएको छ । चमोलीमा गएको फेब्रुअरीमा पनि हिमपहिरोपछि बाढी आउँदा कम्तीमा ७० जनाले ज्यान गुमाएका थिए । हिमालय पर्वतमाला रहेको उत्तराखण्डमा हिम विपद्का कारण बर्सेनि जसो क्षति हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू