अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

हलेसी दर्शन गरी फर्केको बस दुर्घटना हुँदा १ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ वैशाख ११ गते ८:१६ मा प्रकाशित

मध्य पहाडी लोकमार्गमा आज बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको चालक सहित ३९ जना यात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । प्रहरीका अनुसार खोटाङ जिल्लको हलेसीतुवाचुङ नगरपालिका १ कदुवा स्थित लोकमार्गमा दुर्घटना भएको हो ।

बा ३ ख ९२८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसी दुर्घटना हुँदा सो बसका सह–चालक सिन्धुली घ्याङलेक गाऊपालिका १ का २५ बर्षीय अनिल तामाङको घटनास्थलमा नै मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू