अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१३ | Colorodo: 16:28

युवा उद्यमीका सुझाव बजेटमार्फत कार्यान्वयनमा जान्छन् – अर्थमन्त्री पौडेल

बिआरटीनेपाल २०७८ वैशाख ११ गते ८:०६ मा प्रकाशित

सरकारका अर्थमन्त्री विष्णु पौडेलले युवा उद्यमीका जायज सुझावलाई बजेटमार्फत कार्यान्वयनमा लैजाने बताउनुभएको छ । आगामी बजेटको सन्दर्भमा युवा उद्यमीसँग सुझाव लिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले युवा उद्यमीका सम्भव र जायज सुझावलाई कार्यान्वयनमा लैजाने बताउनुभएको हो ।

तर, के सम्भव र के जायज हुन भन्ने कुरा बजेटको पूर्वसन्ध्यामा रहेको अर्थमन्त्रीले बोल्न नमिल्ने पनि उहाको भनाई छ । छलफलमा युवा उद्यमीले राखेको सुझावमा धेरै महत्वपूर्ण अन्तरतत्त्वहरू अन्तरनिहित रहेको छ भन्ने ठानेको पौडेलले बताउनुभयो । अहिलेको परिस्थितिमा औषत गतिमा हिँडेर नहुनेमा आफू स्पष्ट रहेको उहाँको भनाइ छ ।

कोभिडको सामना मुलुकले गरिरहेको र यसबाट केही शिक्षा पाएकाले नयाँ ढंगले बजेट निर्माण हुने मन्त्री पौडेलले जानकारी दिनुभयो । अर्थतन्त्रको पुनरुत्थानको कुरा र उन्नति प्रगति मात्रै गरेर नपुग्ने भएकाले अब नीतिगत हस्तक्षेप आवश्यक रहेको रहेको उहाको भनाई थियो ।

कार्यक्रममा युवा उद्यमीले भन्सारमा न्यून बिजकिकरण, एग्रो प्रशिक्षण जोन, उद्योगको लाइफ, लगानी, बैंक फाइनान्स, बिजुलीको डिमाण्ड शुल्क, निर्यातमा भएका समस्या, स्टिल उद्योगको समस्याका विषय, स्टार्टअप पोलिसि लगायतका विषयमा सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू