अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२७ | Colorodo: 14:42

नयाँ गीत ‘गर्मी भयो धरान’ मा पल र साहरा

बिआरटीनेपाल २०७८ वैशाख १० गते ८:४९ मा प्रकाशित

काठमाडौँ। गीतकार अमर वान्तुको नयाँ गीत ‘गर्मी भयो धरान’ भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको छ। दिनेश बान्तवाको सङ्गीत रहेको गीतको भिडियो ओएस आर डिजिटलको अफिसिय च्यानल मार्फत सार्वजनिक गरिएको छ। सय भन्दा बढी गीत लेखि सकेका सर्जक अमर वान्तुका पछिल्लो समय निरन्तर म्युजिक भिडियोहरू सार्वजनिक भई रहेका छन्।

भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोलाई जनकदिप पराजुलीले निर्देशन गरेका छन्। पल शाह, साहारा राई र शशि राई लोहोरुङ फिचर्ड छन्। सागर प्रधानले छायाङ्कन गरेको भिडियोको सम्पादन धुर्बराज पराजुली ‘प्रज्वलित’ ले गरेका हुन्। सार्वजनिक भिडियोमा मनिता राईको कोरियोग्राफी रहेको छ।

गीतको शब्दले मागे अनुसार नै गीतको लोकेसन धरानमा खिचिएको र गीतले मागे अनुसारको कन्सेप्टमा भिडियो निर्माण गरिएकोले भिडियो उत्कृष्ट बनेको निर्देशक जनकदिप पराजुलीले बताए। केही वर्ष अघि म्युजिक भिडियोमा ख्याति कमाएका निर्देशक पराजुलीले पछिल्लो समय थोरै म्युजिक भिडियो गर्ने गरेका छन्। विज्ञापन तथा अन्य विदेशी प्रोजेक्टहरूमा व्यस्त रहने निर्देशक पराजुलीको निर्देशनमा बनेको यो भिडियो उत्कृष्ट बनेको छ।

निर्देशक समाजका महासचिव समेत रहेका पराजुलीले अभिनेता पल साहलाई अन्य भिडियोमा देखि रहेको भन्दा फरक रूपमा प्रस्तुत गरेका छन्। भिडियोको केही दिन अघि सार्वजनिक टिजरलाई दर्शकले रुचाए त्यसले भिडियोलाई पनि दर्शक श्रोताले मन पराउनेमा निर्माण टिम विश्वस्त छ। यो भिडियो दर्शक श्रोताको प्रतीक्षामा रहेको थियो। यसै गीत छायाङ्कन गर्दा धरानमा निर्देशक समाजका सचिव समेत रहेका प्रदेश नम्बर १ चलचित्रकर्मी सङ्घका अध्यक्ष अरुण प्रधान र पल शाह कन्ट्रोभर्सिमा समेत आएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू