अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

बीआरआई रद्द गर्ने अस्ट्रेलियाको निर्णय, फिर्ता लिन चीनको चेतावनी

बिआरटीनेपाल २०७८ वैशाख १० गते ८:२७ मा प्रकाशित

चीनका राष्ट्रपछि सी जीन पिङको महत्वकांक्षी बेल्ड एण्ड रोड (बीआरआई) परियोजनालाई अस्ट्रेलियाले रद्द गरिदिएपछि चीनले त्यस्तो निर्णय फिर्ता गर्न चेतावनी दिएको छ । अस्ट्रेलिया शीतयुद्धको मानसिकतामा रहेको आरोप लगाउँदै चीनले फिर्ता रद्द गर्ने फैसला फिर्ता नलिए कडा जवाफ दिने चेतावनी दिएको हो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पछिल्लो एक प्रेस कन्फ्रेन्समा बीआरआई व्यापक परामर्श, संयुक्त योगदान र साझा लाभकाको सिद्धान्त भएको अन्तर्राष्ट्रिय आर्थिक सहयोगको पहल भएको बताउनुभयो । यसले उदारता, समावेशीता र पारदर्शिताको भावना बढाएको उहाँको भनाइ छ ।

वाङले अस्ट्रेलियालाई तुरुन्त शीतयुद्धको मानसिकताबाट पछि हट्दै निर्णय फिर्ता गर्न आग्रह गर्नुभएको छ । अस्ट्रेलियाले सम्बन्ध सुधार गर्न भन्दा पनि विगार्न चाहिरहेको उहाँको आरोप छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू