अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल’ सुरु

बिआरटीनेपाल २०७८ वैशाख १० गते ८:२४ मा प्रकाशित

काठमाडौंस्थित राष्ट्रिय नाच घरमा नेपाल अफ्रिका फिल्म फेस्टिभल शुरु भएको छ । फेस्टिभल बैशाख १२ गतेसम्म चल्नेछ । नेपाल अफ्रिका फिल्म फेस्टिभलकी निर्देशक मञ्जु मिश्रले ५४ वटा अफ्रिकी देशहरुको प्रतिनिधित्व फिल्म फेस्टिभलमार्फत गर्न खोजिएको बताउनुभयो । फिल्म फेस्टिभलमा नेपाली फिल्महरुपनि प्रदर्शन गरिने उहाँले बताउनुभयो ।नेपाल र अफ्रिकाबीचको दुरी घटाउँदै अफ्रिकिहरुको जीवनस्तर, सामाजिक परिवेश, संस्कृति र रहनसहन बुझ्नका लागि यस फिल्म फेस्टिभलले सहयोग गर्ने उहाको भनाई छ ।

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोभिडका कारण नेपाली चलचित्र क्षेत्रमा परेको प्रभावको बारेमा सरकारलाई जानकारी रहेको र यस क्षेत्रलाई पुर्नबहाली गर्न सरकारले विभिन्न ढङ्गले प्रयासहरु पनि गरिरहेको दाबी गर्नुभयो । सरकारले नेपाली चलचित्रहरुको अन्तर्राष्ट्रियकरण गर्न विदेशमा नेपाल फिल्म फेस्टिभल आयोजना गर्ने विषयमा छलफल गर्ने उहाको भनाई छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाल अफ्रिका फिल्म फेस्टिभलले नेपाल र अफ्रिकाबीचको रहनसहन, भाषा, सभ्यतालाई नजिक बनाउने बताउनुभयो । दुई देशबीचको मित्रतालाई अघि बढाउन मद्दत पुग्ने उहाको भनाई थियो । अधिकारीले विदेशमा छरिएर रहेका नेपालीहरुले पनि नेपाली फिल्म फेस्टिभल गर्ने कुराको प्रतिक्षामा रहेको बताउनुभयो । छिटोभन्दा छिटो नेपाली सिनेमाहरु पनि विश्वभर पुग्नेमा आफू आशावादी रहेको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू