अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 22:43

केपी ओली एमाले फुटाएर जाँदै – भीम रावल

बिआरटीनेपाल २०७८ वैशाख १० गते ८:२३ मा प्रकाशित

नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताउनुभएको छ । शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले आफूहरू नभई ओलीले नै पार्टी फुटाएर जान लागेको बताउनुभएको हो । नेता रावलले आफूहरू कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट स्पष्ट पार्दै कसैको धम्कीबाट नडराउने र एमालेको आफूहरू निर्वाचित पदाधिकारी भएको बताउनुभयो ।

कुनै व्यक्तिले हटाउँदैमा आफूहरुको सांसद पद नजाने जिकिर गर्दै रावलले सांसद पद जाने गरी विधि विधान विपरित कार्य नगरेकाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गर्न नसक्ने तर्क गर्नुभयो । विधि र विधान विपरित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपा एमाले विभाजनको दिशातर्फ बढिरहेको उहाको आरोप थियो ।

ओलीले सहमतिका लागि भन्दै माधवकुमार नेपालसँग गरेको दुई चरणको भेटलाई रावलले भ्रम छर्ने रणनीतिको संज्ञा दिनुभएको छ । कार्यकर्तामाझ मिलाउन खोजेको थिएँ भनी भ्रम छर्न ओलीले नेताहरुसँग पछिल्लो समय भेटवार्ता गरेको उहाको ठहर थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू